पशुपति धर्मशालामा सञ्चालित होटलमा सरकारले लगायो ताला

काठमाडौं — सरकारले नेपाल–भारतमैत्री पशुपति धर्मशालामा बतास समूहले चलाएको होटल आनन्दमा ताला लगाएको छ ।

शुक्रबार पशुपति क्षेत्र विकास कोषले खाली गर्न भन्दै उक्त होटलको गेटमा ताला लगाएको हो ।

चैत्र १७ गते बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता माग गर्ने निर्णय कोषले गरेको थियो ।

कोषले गेटमै सूचना पनि टाँसेको छ ।