
काठमाडौँ- प्रहरी प्रधान कार्यालयले एकैपटक ६७३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ ।

निर्वाचन आयोगले आचारसंहिता लगाउने तयारी गरेको दिन नै ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो ।
बिज्ञापन



शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरुवाको सूची सार्वजनिक गरेको छ ।

नियमित सरुवा रोकेर शक्ति केन्द्रहरूको दबाबमा प्रधान कार्यालय काज सरुवामा अभ्यस्त हुँदै आएको थियो ।
आउँदो वैशाख महिनाको तलब, भत्ता हाल सरुवा भएको ठाउँबाट नै पाउने गरी उनीहरूको सरुवा भएको हो ।