
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु कुमार पौडेलले पाँच दलीय गठबन्धन सरकार नेपाली जनताको लागि जिउँदो लास भएको टिप्पणी गरेका छन् ।

सोमबार बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले गठबन्धन सरकार नेपाल र नेपाली जनताका लागि बोझ र जिउँदो लास भएको भन्दै परमादेशका आधारमा बनेको सरकारलाई नेपाली जनताले विस्थापित गर्न चाहेको बताएका हुन् ।
बिज्ञापन



परमादेशका आधारमा बनेको वर्तमान देउवा सरकार राष्ट्रियता र विकास विरोधी रहेको बताउँदै पौडेलले यो सरकार नेपाल र नेपालीका लागि बोझ भएको उल्लेख गरेका छन् ।

साथै उपाध्यक्ष पौडेलले आगामी निर्वाचनपछि नेकपा एमालेले बहुमतको सरकार बनाउने र विकासलाई निरन्तरता दिने समेत दावी गरेका छन् ।