
आज सेयर बजारको परिसूचक ३०.२४ अंकले बढेर २,४१५.२४ पुगेको छ ।

वर्षको अन्तिम दिन आज दिनभर जम्मा २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ सेयर किनबेच हुँदा १ अर्ब ४७ करोड ६३ लाख १८ हजार १०४ रुपैयाँ ४५ पैसाको कारोबार भएको छ। कारोबार भएका कूल कम्पनीमध्ये १६४ कम्पनीको मूल्य बढेको छ भने जम्मा २५ कम्पनीको मूल्य घटेको छ। बाँकी ६ कम्पनीको मूल्य स्थिर छ।



आज कारोबारमा आएका १३ वटै उपसमूहहरूको सूचक सकारात्मक देखिएको छ। अन्यको २.२८ प्रतिशतले सूचक बढेको हो भने माइक्रोफाइन्यान्सको २.१४ प्रतिशतले बढेको छ। त्यस्तै, होटल एन्ड टुरिजमको १.५८ प्रतिशत र विकास बैंकको १.५३ प्रतिशतले बढेको छ।

बुधबार नेष्डो समृद्धि लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। आरएमडिसी लघुवित्त वित्तिय संस्थाको सेयर ८.९८ प्रतिशतले बढेको छ। यसबाहेक अन्य संस्थाको सेयर भने ८ प्रतिशतभन्दा कमले मात्रै बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँको कारोबार भएको हो।
यसपछि, अरुण भ्याली हाइड्रोपावर डेभलप्मेन्टको ५ करोड २१ लाख ३ हजार ५४४ रुपैयाँ १० पैसा, हिमालयन डिस्टिलरी लिमिटेडको ४ करोड ४३ लाख ८० हजार ९५४ रुपैयाँ ५० पैसा, एनआइसी एशिया बैंकको ३ करोड ८५ लाख ७५ हजार ६९ रुपैयाँ ९० पैसा, र नबिल बैंकको ३ करोड ४१ लाख २९ हजार ३२६ रुपैयाँ २० पैसाको कारोबार भएको छ