
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नयाँ वर्ष २०७९ को शुभकामना व्यक्त गर्दै चुनावी वर्षको रूपमा रहेको वर्षमा आफ्नो अमूल्य मताधिकारको सही प्रयोग गरी सही जनप्रतिनिधि छान्न आह्वान गरेका छन्।
२०७८ सालमा आएका अप्ठ्यारालाई हामीले सुझबुझपूर्ण ढङ्गले निकास दिँदै गएको र भविष्यका लागि आशावादी बनाएर २०७८ बिदा भएको उनले सन्देशमा उल्लेख गरेका छन्। उनले नयाँ वर्ष राजनीतिक दलहरूका लागि आफ्ना नीति र नेतृत्वको परीक्षाको वर्ष बन्ने पनि बताए ।
आगामी दिनमा संविधानको कार्यान्वयन, परिवर्तित व्यवस्थाअनुरुप नागरिकले अनुभूत गर्ने तहमा जीवनस्तर परिवर्तनको दिशामा मुलुकलाई अगाडि बढाउन दलका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुने उनले विश्वास व्यक्त गरेका छन्।