दुर्घटनामा घाइते प्रहरी हवल्दारको मृत्यु

सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मण्डल बुधबार अपराह्न भएको दुर्घटनामा परेर घाइते भएका थिए । कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

बिज्ञापन

ट्रकले प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविन राईले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।

मण्डल सिआरभी पोस्ट् सोनापुरमा कार्यरत थिए।