
काठमाडौँ, १ वैशाख । उपकार लघुवित्तको आइपीओ २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले आवेदन दिएका छन् ।

सीडीएसका अनुसार बुधबार साँझसम्ममा २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । २४ लाख ३१ हजार १७० जना लगानीकर्ताले २ करोड ७५ लाख ५६ हजार २३० कित्ता लागि आवेदन दिएका छन् ।



यो सर्वसाधारका लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १२४.६४ गुणा बढी आवेदन हो । कम्पनीले चैत २५ गतेबाट कुल २ लाख ३६ हजार २५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।

यो मध्ये ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले उपकार लघुवित्तको आइपीओलाई ‘इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ ।