
पाँचथरको हिलिहाङ गाउँपालिका–६ भारपामा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट स्काभेटरको इञ्जिनको सम्पूर्ण भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
बिज्ञापन



हिलिहाङ–३ का वडाध्यक्ष एवं नेकपा (एमाले) हिलिहाङका अध्यक्ष मदन गौतमसहित हिलिहाङकै भीम लिङ्देन र प्रेम राई सञ्चालक रहेको सुरज निर्माण सेवा प्रालिको २२५ सिसीको जुसन कम्पनीको स्काभेटरमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ।

स्काभेटर हिलिहाङ गाउँपालिकाको २ लाख रुपैयाँ बजेटमा हिलिहाङ-६ को डाँडागाउँबाट ढाडगाउँ हुँदै रेग्मीगाउँ जोड्ने सडकको ट्रयाक खोल्ने कार्यमा प्रयोग भइरहेको थियो।
सडक निर्माणका लागि प्रयोग भएको स्काभेटर इन्धनका कारण केही दिनदेखि काम रोकिएको थियो।