दक्षिण अफ्रिकामा बाढी, ३०० भन्दा बढीको मृत्यु

दक्षिण अफ्रिका : दक्षिण अफ्रिकामा आएको भीषण बाढीका कारण अहिलेसम्म ३०० भन्दा बढी जनाको मृत्यु भएको छ ।

४ सबैभन्दा धेरै विनाश क्वाजुलु-नाताल प्रान्तको डरबन क्षेत्रमा भएको छ, जुन देशको तेस्रो धेरै जनसंख्या भएको शहर हो।

बिज्ञापन

यहाँ केही मानिस भाग्यले बाँचेर निस्किए पनि उनीहरूसँग अरू केही बाँकी छैन।

हराएका मानिसको खोजी कार्य भइरहेको छ। बाढी आएको क्षेत्रमा पानी, खाना, बिजुलीलगायतका आवश्यक सामग्रीको अभाव छ ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा हिजो सो क्षेत्रको अनुगमनमा गएका थिए।

उनले यो विनाशले जलवायु परिवर्तनसँग जुध्न अहिले कति महत्त्वपूर्ण छ भन्ने देखाएको बताए। बीबीसी दिनदेखि त्यहाँ निरन्तर वर्षा भइरहेको छ।