
स्याङजा । स्ययाङ्जामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा एक बालकसहित ५ जनाको मृत्यु भएको हो ।

जीपमा सवार ११ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङमा कार्यरत एक प्रहरीले जानकारी दिएका छन् ।
बिज्ञापन



वालिङ नगरपालिकाका मेयर दीलिपप्रताप खाँणका अनुसार मृतकहरुको पहिचान गर्ने प्रयास भइरहेको र घाइतेहरुलाई उपचारका लागि पोखरा पठाइएको बताए ।

उपचारका लागि पोखरा पठाइएकामध्ये दुईजनाको अवस्था भने गम्भिर रहेको बताइएको छ । मेयर खाँणका अनुसार दुर्घटना हुने गाडीको नम्बर लगायतको विवरण पनि प्राप्त भएको छैन । यस्तै जीप चालक तथा यात्रुहरुको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । थप विवरण प्राप्त हुँदै छ ।