
बर्दिया । बर्दियामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

ती किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नगरपालिका-३ खुरखुरे बस्ने २५ वर्षीय गगन कामीलाई पक्राउ गरेको छ ।
बिज्ञापन



सुर्खेत ब्राह्राताल गाउँपालिका-४ स्थायी घर भएका कामीलाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कामीले सोही नगरपालिका-६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ बलात्कार गरेका थिए ।
ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।