
मंगलवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।