
आज १० बैशाख २०७९ शनिवार । तदनुसार अप्रिल महिनाको २३ तारिक २०२२ । बैशाख कृष्णपक्ष सप्तमी, बब करण, उत्तरषाढा नक्षत्र, साध्य योग चन्द्रमा मकर राशिमा रहेको छ । आज बिहान सूर्योदय ५ः३१ मा भयो भने सूर्यास्त ६ः३३ मा हुनेछ।

आजको देवता सावित्री र ग्रहदेव सूर्य रहेको छ । शनिबारको दिन बिहान शनि मन्दिर वा नजिकैको वर पिपलको वृक्षमा जल अभिषेक गर्दा फल प्राप्ति हुनेछ। आज बिहान ११ः३७ देखि १२ः२९ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा गरेको काम सफल हुनेछ।



मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

व्यापार व्यवसायबाट अर्थलाभ हुनेछ । परिवार र सन्तानबाट साथ र सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । आजको यात्राबाट तपाईंलाई फाइदा हुनसक्छ । यात्रा गर्नुभन्दा अघि घरका वृद्ध मानिसका आशीर्वाद लिनु वेश हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
वृष राशिका जातकका लागि आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ। तपाईंको सकारात्मक हुन जरुरी छ। आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ। कुनै देवालयको दर्शन गर्नुहोला। अर्थहानी हुनेसक्ने छ त्यसैले होसियारी अपनाउनुहोला।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन्। समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। कसैसँग विवाद नगर्नुहोला, विवाद हुँदा तपाईंलाई पनि हानी हुनसक्छ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । देवालयको मन्दिर क्षेत्रमा गएर कुनै गरिब व्यक्तिलाई खाना र वस्त्र दान दिनुहोला ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ। स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ। आजको दिन नयाँ काम सुरु नगर्नुहोला। सहयोगी आफन्त र मित्रहरूबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
तपाईंको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ। अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ। कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ। साना कन्यालाई केही खानेकुरा र वस्त्र दान दिनु होला । शिवालय यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन तपाईंको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको सुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
यात्राको अवसर र संभावना पनि छ । तपाईंको लागि केही फाइदा हुने दिन छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईंलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । परिवार र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईंलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईंलाई सकारात्मक उर्जा मिल्नेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
आजको दिन देवालय र शिवालयको यात्राले तपाईंलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ। सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईंको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आजको दिन कसैको आशा र भरोसा नराखी आफ्नो कर्मयात्रामा निरन्तर लाग्नुहोला । सूर्योदयको दर्शन गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
तपाईले सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ। दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ। साना बालबालबालिकहरुलाई केही खाना र वस्त्र दान दिनुभयो भने तपाईंको मनमा हर्ष छाउने छ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ। तपाईंको स्वास्थ्यमा ख्याल राख्नुहोला। परिवारका सदस्यहरुसँग समय विताउनु होला । घरको काममा ध्यान दिनु भयो भने परिवारमा खुसियाली छाउनेछ। आजको दिन शिवालय र देवालयको यात्रा मात्र गर्नु वेश हुनेछ। लामो यात्रा गर्दा तपाईंलाई समस्या आउनसक्छ। अध्ययन, चिन्तनमनन समय खर्च गर्नुहोला।