कुकुर मारेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने पक्राउ

पोखरा — कुकुर मारेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा–१९ का २३ वर्षीय सुदीप परियार रहेका छन् ।

बिज्ञापन

उनले चैत्र १८ गते पोखरा–१६ जोगिमणी मार्गस्थित सार्वजनिक स्थानमा प्लास्टिकको डोरीले कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्डाई मारेका थिए ।

त्यसपछि सेती नदीको खोँचमा फालेको र उक्त घटनाको भिडियो बनाई सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गरेको प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी अनुसन्धान गर्दा मोवाईल तथा उनले चलाउने फेसबुकमा समेत उक्त भिडियो रहेको पाइएको छ ।

परियारलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कसूरमा ९ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।