ट्युनिसियामा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो, उद्धार कार्य जारी

ट्युनिस । ट्युनिसियाको पूर्वी तटबाट १२० जना प्रवासी बोकेका चारवटा डुङ्गा डुब्दा कम्तीमा १७ जना आप्रवासी शरणार्थीको मृत्यु भएको छ ।

घटनामा अन्य १० जना हराइरहेको प्रारम्भिक जानकारी रहेको ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले आइतबार सरकारी अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

बिज्ञापन

ट्युनिसियाको निजी रेडियो स्टेशन मोसाईक एफएमले लेखेको छ डुङ्गामा सवार ९८ जना आप्रवासीलाई स्फ्याक्स सहरको तटबाट उद्धार गरिएको छ र हराएका आप्रवासीहरूको खोजी अझै चलिरहेको छ । रासस