सुनचाँदीकै मूल्य घट्यो

नेपाली बजारमा आज (बुधबार) सुनचाँदीकै घटेको छ ।

छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

मंगलबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार तेजावी सुनको मूल्य पनि ३ सय रूपैयाँले घटेको छ ।

आज तेजावी सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार तेजाबी सुन ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य आज १० रूपैयाँले घटेको छ ।

आज चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।