चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाईमा धेरै

चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ ।

चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् ।

बिज्ञापन

चिनियाँ राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।

गएको २४ घन्टामा अर्थात् मंगलबार मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८१८ जना पुगेको छ ।

यी मध्ये चीनको सांघाई सहरमा मात्र १ हजार ६०६ जना रहेका बताइएको छ ।

चीनको सांघाई सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्र भन्दा धेरै देखिन थालेका बताइएको छ ।

यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् र ती मध्ये अधिकांश चीनभित्रै संक्रमणमा परेका हुन् ।