दलितको शिक्षामा पहुँच अभिवृद्धि गर्न कार्यक्रम

सिरहा – बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गराएका मेयर र उपमेयरका उम्मेदवारहरूसँग एक दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । चुनावमा भाग लिएका विभिन्न राजनीतिक दल निकट उम्मेदवारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो ।

दलित जनकल्याण युवाकलव (NCE NEPAL)द्वारा लहानमा अन्तर्क्रिया सम्पन्न भएको आयोजकले जानकारी दिए ।

बिज्ञापन

कार्यक्रममा नेपाली काङ्ग्रेसका लहान मेयरका उम्मेदवार महेशप्रसाद चौधरी, नेकपा एमालेबाट उपमेयर उम्मेदवार सरियार चौधरी, लोसपा निकट मेयर उम्मेदवार मोहम्मद आलम, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट लहान मेयरका उम्मेदवार बिनोद साह, शिक्षाविद् धर्निकर अधिकारी, दलित अगुवा मोहन पासमान, बिनोद बिशुन के, इन्सेक प्रतिनिधि दुर्गा परियार र सुर्य नारायण रामलगायतको उपस्थिति थियो ।

शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०२२ अन्तर्गत स्थानीय निर्वाचनमा शिक्षाका मुद्दाहरू विषयक सम्वाद कार्यक्रम सम्पन्न भएको हो ।