विप्लवका कार्यकर्ता छापामार शैलीमा चुनावी मैदानमा : उपत्यकामा राप्रपाको चुनाव चिह्नलाई साथ

स्थानीय चुनावमा न प्रत्यक्ष रूपमा भाग लिएको, न त बहिष्कारको घोषणा नै गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावको विषयमा भने विभाजित भएको छ ।

तर, विप्लव समूह विभिन्न पार्टीमा घुसेर छापामार शैलीमा चुनावमा भाग लिइरहेको खुल्न थालेको छ ।

बिज्ञापन

विप्लव समूहका कार्यकर्ताहरू काठमाडौं उपत्यकाभित्र र बाहिरसमेत विभिन्न पार्टीमा लागेर चुनावमा उत्रिएका छन् ।

उनीहरूमध्ये धेरैले पालिकाको वडाध्यक्ष र सदस्यहरूमा चुनाव लड्दै छन् ।

उपत्यकाभित्र राप्रपाको चुनाव चिह्नमा समेत विप्लवका कार्यकर्ता चुनाव लड्न लागेको पत्ता लागेको छ ।

तराईमा जसपा, राजपाका अलावा साना दलहरूबाट पनि विप्लवका कार्यकर्ताले चुनावमा उम्मेदवारी दिएका छन् ।

यसलाई विप्लवको रणनीतिका रूपमा बुझिएको छ ।

चुनावलाई प्रयोग गर्ने विप्लवको रणनीति बुझेर विवाद चुलिएको छ ।

धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई विप्लवले निष्काशन गरेका छन् ।

उनीहरू चुनावमा जान पनि नहुने र यसलाई प्रयोग पनि गर्न नहुने पक्षमा थिए ।