गायक प्रमोद खरेल दुर्घटनामा घाइते

गायक प्रमोद खरेल सवारी दुर्घटनामा परी घाइते भएका छन् । उनी सवार कार गएराति तुलसीपुरमा दुर्घटनामा परेको हो ।

गायक खरेल तुलसीपुरमा बुधबार साँझ हुने कार्यक्रमका लागि नेपालगञ्ज अवतरण गरेका थिए ।

बिज्ञापन

कार्यक्रम आयोजकले चलाएको कार राति १ बजे दुर्घटनामा परेको हो ।

कार दुर्घटना परेपछि बेहोस भएका खरेलको अस्पतालमा पुर्‍याएपछि करीब १ घण्टापछि होस आएको बताइएको छ ।

सबै कार्यक्रम स्थगित गरेर उनी अस्पतालबाट सिधै काठमाडौं फर्केका छन् ।