मातातीर्थ औँसीमा मुक्तिनाथ र कागबेनीमा दर्शनार्थीको भीड

आज मातातीर्थ औँसी पनि परेकाले मुक्तिनाथ र कागबेनीमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।

हिमाली जिल्ला मुस्ताङमा पर्यटक खचाखच छन्  चक्रीय अन्नपूर्ण पदमार्गको मुक्तिनाथ क्षेत्रमा अझ बढी पर्यटक छन् ।

मुक्ति क्षेत्रमा बढी मात्रामा धार्मिक पर्यटक पुग्ने गरेका छन्  आन्तरिक मात्रै नभएर भारतीयसमेत बस रिजर्भ गरेर मुक्तिनाथमा पुग्ने गरेको व्यवसायी बताउँछन् ।

त्यहाँ २० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकीय पुगेका छन्  यो कोरोना सङ्क्रमणपछिको सबैभन्दा बढी भिड भएको बताइएको छ ।