२० संक्रमित थपिए, २७ जना निको

काठमाडौं — नेपालमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २२२ नमुना परीक्षण गर्दा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार २७ जना निको भएका छन् । हालसम्म ९८.८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

पछिल्लो समय नेपालमा कोरोना मृत्यु हुनेको संख्या शुन्य रहँदै आएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५१ जनाको मृत्यु भएको छ ।

हाल देशभर २२१ सक्रिय संक्रमित रहेका छन् ।