
एजेन्सी । दक्षिण कोरियामा एकैदिन २० हजार वढीका कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजारभन्दा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा थप २० हजार ८४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको बताइएको छ।

अघिल्लो दिनको तुलनामा भने यो संख्या घटेको हो । अघिल्लो दिन शनिबार यहाँ ३७ हजार ७०० भन्दा बढी संक्रमित थिए। योसँगै यहाँ संक्रमितको संख्या १ करोड ७२ लाख पुगेको बताइएको छ ।
बिज्ञापन



पछिल्लो समय स्वदेशमै संक्रमित भएका र विदेशबाट आएका व्यक्तिमा संक्रमण देखिएको समाचारमा जनाइएको छ । गत मार्च महिनाको मध्यतिर यहाँ दैनिक दुई लाख भन्दा पनि बढी संक्रमित देखिने गरेका थिए। अहिले भने यहाँ संक्रमितको संख्या घटेको पाइएको छ ।
