दुर्गेशले कारागारमै पुगेर भेटे पल शाहलाई

काठमाडौं । जिल्ला कारागार कार्यालय तनहुँ मै पुगेर गायक दुर्गेश थापाले नाबालिका बलात्कार आरोपि नायक पल शाहलाई भेटेका छन् । पललाई भेट्न आइतबार दुर्गेश श्रीमती र छोरासहित कारागार पुगेका हुन् ।

दुर्गेशमाथि पल प्रकरणमा नाबालिग गायिकालाई उक्साएको आरोप छ । पलका समर्थकहरु दुर्गेससँग आक्रोशित छन् । उनीमाथि ‘साथीमाथि घात गरेको’ आरोप छ । कारागारमा भएको भेटमा दुर्गेश र पलबीच करिब ३० मिनेट अन्तरंग कुराकानी भएको थियो ।