
बैतडी । सत्तारुढ गठबन्धनबाट बैतडीको डिलाशैनी गाउँपालिका–५ मा वडा सदस्यका उम्मेदवार रहेका ६० वर्षीय हरिराम साउँदमाथि आक्रमण भएको छ ।

माओवादीबाट उम्मेदवार रहेका साउँदमाथि स्थानीय अजित साउँदले धारिलो वस्तुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।अजित स्थानीय एमाले कार्यकर्ता भएको बताइएको छ ।घाइते हरिरामको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचारपछि रेफर गर्ने तयारी भइरहेको अस्पतलले जनाएको छ । उनको टाउकामा दुई ठूला घाउ भएर १५ टाका लागेका छन् ।
बिज्ञापन



