मारिउपोलको स्टिल उद्योगमा रुसले फेरि गर्‍याे आक्रमण

युक्रेनमा मारिउपोलस्थित स्टिल उद्योगमा फसेका सयौँ सर्वसाधारणको उद्धारकार्य बाँकी रहे पनि रुसले पुनः हमला थालेको त्याहाँका अधिकारीहरुले बताएका छन् ।

राष्ट्रिय गार्डका कमाण्डर डेनिस श्लेगाले सोमबार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको बताएका छन् ।

बिज्ञापन

आइतबार उक्त उद्योगमा आश्रय लिएर बसेका थुप्रै सर्वसाधारण त्यहाँबाट अन्यत्र जान सफल भएका बताइएको छ ।

तर पनि स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कयौँ साना बालबालिकाहरु रहेका कमाण्डर श्लेगाले बताए ।

सर्वसाधारणलाई अन्यत्र जानका लागि निस्किएलगत्तै उक्त उद्योगमा रुसले पुनः बमबारी थालेको युक्रेनको टेलिभिजनमा बोल्दै ती कमाण्डरले बताए ।

युक्रेनको दक्षिणी बन्दरगाह सहर मारिउपोलमा रुसले यसअघि पनि हप्तौँसम्म तीव्र बमबारी गरेको थियो ।

सोमबार साँझ बाहिरिएका भिडिओमा एजोभस्टालमा ठूलो आगो लागेको देखिएको थियो ।

यस आगलागिलाई सामाजिक सञ्जालका प्रयोगकर्ताले रुसी बमबारीका कारण भएको बताएका छन् ।