महेन्द्रनगरको होटेलमा मृत अवस्थामा युवक फेला

कञ्चनपुर : महेन्द्रनगरको एक होटेलमा युवक मृत अवस्थामा फेला परेका छन् ।

गल्ली नम्बर ४ मा रहेको होटेल ९/११ मा एक युवक मृत फेला परेका हन्। भीमदत्त नगरपालिका-१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटेलको बेडमै सुतिरहेको अवस्थामा मृत फेला परेका प्रहरीले जनाएको छ। अहिले होटेल परिसर प्रहरीले सिल गरेर घटनाको अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।