
सिराहा। सिराहाको कर्जन्हा नगरपालिका–३ सुन्दरपुरमा मंगलबार बेलुकी साइकल पल्टिंदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ७२ वर्षीय दुख्खी यादव रहेका छन् ।यादव सवार साइकल हिजो बेलुकी सवा ८ बजे सडकको खाल्डोमा परेर पल्टिएको थियो ।दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।
बिज्ञापन



