१७ जनामा कोरोना, १५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप २ हजार ३७६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन विधिबाट परीषण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा हाल २१७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, गत चौबीस घण्टा थप १५ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ७३० पुगेको छ ।

कोरोना निको हुनेदर ९८ दशमलव ८ प्रतिशत पुगेको छ ।त्यस्तै, गत चौबीस घण्टामा देशभरबाट थप ९२ हजार ८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।