महिला तर्फ पहिलो पटक आर्मीलाई एनभीए क्लब लिगको उपाधि

काठमाडौं । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई पराजित आर्मीले गर्दै छैटौँ एन्भीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सनिवार सम्पन्न महिला तर्फ लिगको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३-० को सोझो सेटमा हराउँदै ९ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेर उपाधि उचाल्यो ।उपविजेता पुलिसको पनि ९ अंक छ सेटमा धेरै जित निकालेको आधारमा आर्मी विजेता बन्यो ।आर्मीले पुलिसलाई २५-१८, २५-२३, २५-२० को नतिजामा पराजित गर्‍यो ।विजेता बनेसँगै आर्मीले ६ लाख प्राप्त गरेको छ । भने , पुलिसले उप विजेताको हैसियतले तीन लाख प्राप्त गर्‍यो ।पुरुष तर्फको विजेता टुङ्गो लाग्न केहि बेरमा हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।