
काठमाडौं — सरकारले जेठ ४ गते संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ ४ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने गरी संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने व्यवस्था छ ।संविधानअनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा सार्वजनिक गर्नुपर्छ । त्यसअघि बजेटपूर्वको छलफल र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ ।
बिज्ञापन



