
काठमाडौं — सातामा दुई दिन बिदा दिने सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।

नेपाल राजपत्रमा प्रकाशित सातामा दुई दिन बिदा दिनेबारेको सूचनामा जेठ १ देखि बिहान ९ः३० बजेबाट अपरान्ह ५ः३० बजेसम्म कार्यालय समय तोकिएको छ।त्यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९ः३० देखि अपरान्ह ४ः३० बजेसम्म रहने उल्लेख गरिएको छ।बैशाख १३ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।
बिज्ञापन



