
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ को अग्रता कायमै छ। ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् ।

पछिल्लो विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् । गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् । त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।
बिज्ञापन



उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।
