रसुवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

रसुवा। रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक सोही गाउँपालीका–१ का ४० वर्षीय राम तामाङ र मोटरसाइकलमा पछाडि सवार नुवाकोटको बिदुर नगरपालिका १० बेत्रावतीकी ४३ वर्षीया पम्फा तामाङ रहेकी छिन्।

दुबै जनाको घटनास्थलमै मृत्यु भएको हो। बेत्रावतीबाट खाल्टेतर्फ जाँदै गरेको बा ९६ प २०९४ नम्बरको मोटरसाइकल गएराती सवा १२ बजे अनियनित्रत भइ पल्टिएको प्रहरी चौकी बेत्रावतीले जनाएको छ।