
झापामा हात्तीले आक्रमण गर्दा सोमबार दिउँसो पौने ४ बजे मेचीनगर नगरपालिका-९ पशुपति टोल बस्ने ७० वर्षीय पेना किसानको मृत्यु भएको छ ।

टिमाई खोलास्थित थोप्लेविरान सामुदायिक वनमा पुगेका किसान बगरमा हिँडिरहेको अवस्थामा हात्तीले आक्रमण गरेकाे थियो ।
बिज्ञापन



आक्रमणबाट घाइते भएका उनको उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको थियो। त्यसक्रममा उनको पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
