बालेन शाह दोब्बर मतले अगाडि , निशुल्क सल्लाह दिन दर्जनौं विज्ञलाई राजी गराउँने भीम उपाध्यायको उद्घोष

काठमाडौं। काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्।दोस्रो स्थानमा रहेको केशव स्थापित ५ हजार ५८ मतले पछाडि छन्।

यस्तो छ पछिल्लो मतपरिणाम

बालेन शाह (स्वतन्त्र) – १० हजार ८९९
केशव स्थापित (एमाले) – ५ हजार ८४१
सिर्जना सिंह (कांग्रेस) – ५ हजार ११४

यसैबीच, पूर्व सचिव भीम उपाध्यायले बालेनलाई मूर्धण्य विज्ञहरू निशुल्क सल्लाह दिन तयार भएको बताएका छन्।

बालेनले मतगणनामा अग्रता दिइरहँदा पूर्व सचिव उपाध्यायलेदर्जनौँ नेपालका विविध क्षेत्रका मूर्धण्य विज्ञहरू बालेनलाई निशुल्क सहयोग सल्लाह दिन राजी गराउने बताएका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बालेनले नेतृत्व मात्र लिनुपर्छ, हामीले दर्जनौँ नेपालका विविध क्षेत्रका मूर्धण्य विज्ञहरू बालेनलाई निशुल्क सहयोग सल्लाह दिन राजी गराउने छौँ।