पानी जमेको खाल्डोभित्र युवतीको शव फेला

मोरङ । मोरङको रंगेलीमा पानी जमेको खाल्डोभित्र युवतीको शव फेला परेको छ । मोरङको रतुवामाई नगरपालिका २ डोरियामा पानी जमेको खाल्डोभित्र सोमबार बिहान युवतीको शव भेटिएको हो ।

अन्दाजी २५ वर्षीया युवतीको पहिचान भएको छैन । सोमबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकको पहिचानको प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए । शवलाई पोस्टमार्टमका लागि रङ्गेली अस्पताल ल्याएको प्रहरीले बताएको छ ।