सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको भाउ ५०० रुपैयाँले बढेको हो ।

मूल्य बढेसँगै छापावाल सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९५ हजार ८०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । यससँगै आज चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ । हिजो यसको कारोबार मूल्य १२ सय ५० रुपैयाँ थियो ।

बिज्ञापन