झापामा अवैध सुन सहित एक जना पक्राउ

झापा । झापामा अवैध रुपमा लुकाई ल्याएको ३ सय ४९ ग्राम ७ सय मिलिग्राम सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-५ वतन भएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको छ ।

बिज्ञापन