
बागलुङ: बागलुङमा पलम र ऐसेलु खाँदा पाँच बालबालिका बिरामी परेका छन्।

जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँका घर नजिकैको बारीमा पाकेको पलम र ऐसेलु खाँदा बालबालिका बिरामी परेका हुन्।ऐसेलु र पलम खाँदा विरामी परेका १० वर्षीया विपना सुनार, ११ वर्षीय विनोद विक, ३ वर्षीया सायना सुनार र १४ वर्षका मिलन सुनारको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ भने सपना सुनारको घरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।



खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरी अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ। ऐसेलु र पलम खाएका बालबालिकामा झाडापखाला, वान्ता लगायतका समस्या देखिएको छ।उनीहरूले खाएको पलम र ऐसेलुले फुड पोइजन बनाएका कारण विरामी परेको र उनीहरूको अवस्था अहिले सुधारोन्मुख रहेको धौलागिरी अस्पतालका बालरोग विशेषज्ञ डा। कृति कँडेलले जानकारी दिइन्।
