पोखरामा रोकियो मतगणना, के हो विवाद ?

पोखरा । पोखरा महानगरपालिकामा मतगणना रोकिएको छ।

पोखरा महानगरपालिकाको वडा नम्बर १८ र ३१ मा एमालेले पुनः मत गणनाको माग गरेपछि मतगणना रोकिएको हो।  वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो। दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

बिज्ञापन

त्यसपछि एमालेका प्रतिनिधि मतगणनास्थलमा नआउँदा मतगणना रोकिएको हो।एमालेपछि अहिले कांग्रेसले पनि १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको छ । उक्त वडामा नेकपा एमाले विजयी भएको थियो। विवाद हुनुअघि पोखरामा २२, ३२ र ३३ वडाको मत गणना भइरहेको थियो।हालसम्मको मतपरिणामअनुसार पोखराको मेयरमा नेकपा एकीकृत समाजवादी र उपमेयरमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन्।