भारतले गहुँपछि चिनी निकासीमा पनि लगायो प्रतिबन्ध

काठमाडौं। भारत सरकारले चिनी निकासीमा प्रतिबन्ध लगाएको छ।भारत सरकारले जुन १  (जेठ १८ गते) देखि लागू हुनेगरी चिनी निकासीमा प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यममले जनाएका छन्।आन्तरिक बजारमा चिनीको उपलब्धता बढाउनु र मूल्य बढ्न नदिनका लागि चिनी निकासीमा प्रतिबन्ध लगाइएको बताइएको छ।

हो । तर, सीएक्सएल र टीआरक्यू अन्तर्गत युरोपियन युनियन र अमेरिकामा निर्यात हुने चिनीमा यो प्रतिबन्ध लागू हुनेछैन। यी क्षेत्रहरूमा सीएक्सएल र टीआरक्य अन्तर्गत निश्चित मात्रामा चिनी निर्यात गरिन्छ।भारत ब्राजिलपछि विश्वमा चिनीको दोस्रो ठूलो उत्पादक र निर्यातकर्ता हो।यसअघि भारतले गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो।

बिज्ञापन