
काठमाडौं- काठमाडौं महानगरपालिका १३ मा नेकपा (एमाले)का ध्रुव नारायण मानन्धर विजयी भएका छन् । उनले तीन हजार १२४ मत ल्याए ।

निर्वाचन अधिकृतको कार्यालय अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले दुई हजार ६५४ मत प्राप्त गरे । महिला सदस्यमा रजनी महर्जन (धौवान्जार) दुई हजार ८४१ मतसहित विजयी भए । दलित महिला सदस्यमा एमालेका मैयाँ देउला र सदस्यद्वयमा एमालेका रुपेश महर्जन र एमालेका राम बाबू कोइराला विजयी भए ।
बिज्ञापन



