तोलामा चारसय घट्यो सुनको भाऊ

काठमाडौं-  नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।

आज  सुन प्रतितोला ४ सय रुपैयाँ घटेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।  त्यसैगरी, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ। आज चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।