
ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइने साइत रहेको छ ।

जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइनेछ ।भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा६ राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर बुङमति पुर्याउने गरिन्छ । २०७२ सालमा मनाइएको मच्छिन्द्रनाथको १२ वर्षे जात्रा अब २०८४ सालमा मनाइन्छ ।



