
काठमाडौं । यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउने कानुन बनाउनका लागि आज ९आइतबार० संघीय संसद सचिवालयमा विधेयक दर्ता भएको छ । यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनबाट पीडितले न्याय पाउन नसकेपछि फरक किसिमले कानुन बनाउने तयारी सरकारले थालेको हो ।

यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले सचिवालयमा दर्ता गरेका छन् ।यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने आवाज उठेको छ । सरकारले भने विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने तयारी गरेको बुझिएको छ ।
बिज्ञापन



