हत्या गरेको आरोपमा तीन जना पक्राउ

मोरङ । कटहरी गाउँपालिका-२ आदर्शटोल बस्ने ५० वर्षीय तुलसी श्रेष्ठको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कटहरी गाउँपालिका-१ बस्ने ३३ वर्षीय रविन भुजेल, २९ वर्षीय वर्षीय कपिल माझी र कटहरी गाउँपालिका-३ बस्ने २८ वर्षीय नितेश चौधरी रहेका छन् ।कटहरी गाउँपालिका-१ महेशपुर थानगाछीस्थित खेतमा आइतबार बिहान तुलसी श्रेष्ठ शरीरमा चोटपटक लागेर मृत अवस्थामा फेला परेका थिए ।

घटनाको अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।आपसी वादविवादको क्रममा बाँसको मुग्रो, ढुंगा लगायतका औजार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।