अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने

अमेरिकाले युक्रेनलाई रुससम्म पुग्ने रकेट नदिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे जानकारी दिएका हुन् ।

बाइडेन प्रशासनले अत्याधुनिक लामो दुरीको रकेट किभ पठाउने समाचार प्रकाशित भएपछि अमेरिकी राष्ट्रपतिले सो कुराको खण्डन गरेका हुन् ।युक्रेनका अधिकारीहरुले ‘मल्टिपल लञ्च रकेट सिस्टम’ (एमएलआरएस) नाम गरेको लामो दुरीको रेकट माग गरेका छन् । यसबाट सयौँ किलोमिटर लामो दुरीसम्म एकैपटक थुप्रै रकेट प्रहार गर्न सकिन्छ । सीएनएन र वासिङटन पोष्टले शुक्रबार बाइडेन प्रशासनले एमएलआरएस र हाइ मोबिलिटी रकेट सिस्टम (एचआईएमएआरएस) युक्रेन पठाउने तयारी गरिरहेको समाचार प्रकाशन गरेको थियो ।