प्रहरी महानिरीक्षक नियुक्ति विवाद – एआईजी पोखरेलको रिटको सुनवाइ सकियो

काठमाडौँ– प्रहरी महानिरीक्षक बढुवा विवादबारे दायर रिटको अन्तिम सुनुवाइ आज भइसकेकाे छ ।  न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा रिटको पेसी तोकिएको हो ।

रिट निवेदक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल हुन् ।  उनले रिटमार्फत आफू पहिले एआईजी भएको र वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक (आईजी) नियुक्त गरिनुपर्ने माग गरेका छन् । वर्तमान आईजी धिरजप्रताप सिंहलाई काममा रोक लगाउन पनि पोखरेलको माग छ । यस्तै, सिंहलगायतलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट एआईजी बनाउँदा पनि वरियता मिचेर बढुवा गरेको भन्दै तत्कालीन डीआईजीहरू ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र घनश्याम अर्यालले दायर गरेको रिटको पनि आजै  सुनुवाइ सकिएकाे छ । आदेश अपरान्नसम्ममा आउने जानकारी अदालतका एक अधिवक्ताले दिएका छन्।