मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा झापामा दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका-५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् ।उनीहरुलाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालउय झापाले जनाएको छ ।

दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको सोही नगरपालिका–४ बस्ने सुमन खड्काको मे. ११ प ५५१२ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ खोजी गर्ने क्रममा शुक्रबार बिहान सोही नगरपालिका–६ शंखधर चोकमा उनीहरूले उक्त मोटरसाइकल चलाई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

बिज्ञापन

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले थप ३ वटा मोटरसाइकलहरु विभिन्न स्थानबाट चोरी गरेको भन्ने खुल्न आएको छ ।चोरी भएका प्र. १–०१–०१५ प ८६९०, प्र–१–०१–०१४ प १२४०, मे ८ प ९२९७ नम्बरका मोटरसाइकल पाँचथर मिक्लाजुङ गाउँपालिकाका विभिन्न स्थानबाट प्रहरीले फेला परी बरामद गरेको छ ।उनीहरू उपर ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सूचना समन्वय अधिकृत प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।